स्मार्ट लाइसेन्स नै नक्कली भेटियाे

  • साझा डबली
  • सिमरा,माघ ४ । नक्कली स्मार्ट लाइसेन्स लिएर सवारी चलाउने ट्रकका एक चालकलाई सिमरास्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

    सवारी चेकजाँच गर्ने क्रममा सिमराबाट प्रहरीले ना ५ ख ९७६४ नम्बरको ट्रकका चालक सरोजकुमार थिङलाई नियन्त्रणमा लिएको हो। थिङबाट ०२०५००००६३७८ नम्बरको नक्कली स्मार्ट लाइसेन्स भेटिएको प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए।

    सवारी चेकजाँच गर्ने क्रममा कम उमेरको चालक देखिएपछि प्रहरीले थिङको लाइसेन्स जाँच गरेको थियो। जाँच गर्ने क्रममा स्मार्ट लाइसेन्स नक्कली देखिएको प्रहरी निरीक्षक हमालको भनाइ छ।

    प्रहरी नियन्त्रणमा रहेका थिङले सात हजार रुपैयाँमा लाइसेन्स किनेको वयान दिएका छन्। पक्राउ परेका चालक थिङलाई सरकारी दस्तखत छाप किर्ते अन्तर्गत कारबाही हुने प्रहरी निरीक्षक हमालले जानकारी दिए।

    अन्नपुर्णबाट साभार

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology