अवस्था जटिल बन्दै गएपछि डा.केसीलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइदै

  • साझा डबली
  • काठमाडौं,माघ ३ । इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था  जटिल बन्दै गएपछि उपचारका लागि आजै राती काठमाडौं ल्याइने भएको छ । त्यसका लागि केसी र उनका उनका सहयोगीले सहमति जनाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम  गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

    उनलाई भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याउन लागिएको बताइएको छ । चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् । – रातोपाटीबाट साभार

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology