डा. गोबिन्द केसीलाई साथ दिन इलाम पुगे नेबिसंघका नेता

  • साझा डबली
  • इलाम,माघ ३ । १६ औँ सत्याग्रहमा बसेका डा. गोबिन्द केसीलाई साथ दिन नेबिसंघका नेताहरु इलाम पुगेका छन ।
    नेबिंसघ कोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्य एलिजा ढकाल, प्रेमिका राना मगर, नेबिसंघ नेता भुवन भट्ट, झापा जिल्ला सभापती राजेन्द्र उप्रेती,देउमान लोङवा, भवानी काफ्ले लगायतका नेताहरु डा. केसीलाई साथ दिन इलाम पुगेका हुन ।

    डा.केसीले देखेका सपना र राखेका माग आम नेपालीको हितमा भएको भन्दै आफ्नो संगठनले साथ दिन इलाम पुगेको केन्द्रीय सदस्य एलिजा ढकालले साझा डवलीलाई जानकारी दिइन ।

    आफ्नो समर्थन गर्न इलाम पुगेका नेताहरुलाई धन्यवाद दिदै डा.केसिले अहिले सबै दल र सरकार स्वयम स्वार्थी भइसकेको कारण अबको युवा पुस्ताले नै नेतृत्वलाई परिवर्तन गर्नुपर्ने बताए । डा.केसीको इलाममा अनसन बसेको आज ९ औँ दिन पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology