वाइडबडी खरिदमा मेरो संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी

  • साझा डबली
  • सोमवार, पुस २३, २०७५
  • काठमाडौं,पुस २३ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी खरिदमा आफ्नो कुनै संलग्नता नभएको तर अनुमानका भरमा संसदीय उपसमितिले अनुमानका भरमा आरोप लगाएको बताएका छन् ।

    सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री अधिकारीले वाइड बडी खरिदमा आफूले पछिल्लो दुई किस्ताको रकममात्र निकासा गरिदिएको बताएका हुन्।

    ‘मैले किस्ता रोकेको भए सरकारले दिएको ९ अर्ब जोखिममा पर्न सक्थ्यो , त्यसको जिम्मेवार को हुन्थ्यो,’ उनले भने, ‘सर्वोच्च अदालतको आदेशबमोजिम पनि मैले किस्ता रोक्न सक्ने आधार थिएन ।’

    मन्त्री अधिकारीले सार्वजनिक लेखा समितिको उपसमितिले तथ्यमा आधारित नभई अनुमानका भरमा आफूलाई अनियमिततामा मुछेको आरोप लगाए । मन्त्री अधिकारीले आफू यो प्रकरणबाट नभाग्ने बताए।

    यसअघि संसदको सार्वजनिक लेखा समितिले बनाएको वाइड बडी छानबिन उपसमितिले खरिदमा ४ अर्ब ३५ करोड रूपैयाँ अनियमितता भएको प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनमा पूर्वपर्यटन मन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक दोषी र मन्त्री अधिकारी दोषी बनाइएको छ ।

    पत्रकार सम्मेलनको सुरूमा मन्त्री अधिकारीले आफूले पद सम्हालेयता भएका कामको बारे चर्चा गरेका थिए । त्यसपछि वाइड बडी खरिद गर्न विभिन्न समयमा भएका निर्णय र पक्रियाबारे बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology