पर्वतारोही पथप्रदर्शकले ३० हजार अमेरिकी डलर पारिश्रमिक

  • साझा डबली
  • आइतवार, पुस २२, २०७५
  • काठमाडौँ पुस २२ । हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

    हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारिश्रमिक लिने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology