यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

  • साझा डबली
  • मङ्लबार, पुस १७, २०७५
  • काठमाडौँ,  पुस १७ ।  साताको तेस्रो दिन मंगलबार पनि आइतबार, सोमबार झैँ नेपाली सुन बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ ।

    गत हप्ता शुक्रबार र अघिल्लो दिन सोमबार, आइतबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सयमा कारोबार भएको थियो ।

    मंगलबार पनि नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी मंगलबार तेजाबी सुन प्रति तोल ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

    त्यसैगरी शुक्रबार, आइतबार, सोमबार झैँ मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला ७ सय ४५ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology