सुदूरपश्चिममा मनाईदै ‘ठूलीरात’ पर्व

  • साझा डबली
  • आइतवार, पुस १५, २०७५
  • बैतडी, पुस १५ । सुदूरपश्चिममा आज ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ‘ठूलीरात’ मानी राति मीठोमीठो खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको छ ।
    ‘पन्नरी रात’का रुपमा लिइने आजको रातमा १५ किसिमका परिकार खाएर मनाइने गरिन्छ । तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेर भात खाने गरिन्छ । तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट आजै ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ ।

    पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले यसबाट बच्न र शरीरसमेत फूर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेको तातो खानेकुरा खाने गरिएको स्थानियहरुले बताएका छन । (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड समेत पकाएर खाने गरिन्छ ।

    एक दिन भए पनि आज घर बाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठामीठा खानेकुरा खाने चलन रहँदै आएको छ । डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपालमा पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिन विस्तारै लम्बिदै जान्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology