राजधानिको मुटु ठमेलमा खुल्यो ‘छायाँदेवी कम्प्लेक्स’

  • साझा डबली
  • आइतवार, पुस ८, २०७५
  • काठमाडौं, पुष ८ । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा ‘छायाँदेवी कम्प्लेक्स’ तयार भएको छ । करिब ५ अर्ब रुपैयाँ खर्चिएर तयार भएको छायाँ सेन्टरको औपचारिक उद्घाटन आगामी मंगलबार विशेष समारोहका बीच पर्यटनमन्त्री रविन्द्र अधिकारीले गर्दैछन् ।

    यसलाई ‘ठमेल भित्रको सानो ठमेल’का रुपमा कम्पनीले प्रवर्द्धन गरिरहेको छ । ठमेलमा पर्यटकका लागि उपलब्ध हुने सबै किसिमका सेवा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ मान्न सकिने उनिहरुको भनाइ छ ।

    यो ठमेलमा करिब १५ रोपनीमा बनेको व्यापारिक कम्प्लेक्सयो हो। स्टल बुक गरेका ब्राण्ड र पसलहरुमध्ये धेरैले ओपनिङ तीव्र बनाएका छन् । केहीले इन्टेरियरको काम गरिरहेका छन् भने धेरैले आफ्नो सेवा थालिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology