बिपी सङ्ग्रहालयमा सन्त नेता किसुनजीको सालिक अनावरण

  • साझा डबली
  • शनिबार, पुस ७, २०७५
  • काठमाडौँ, पुस ७ । सुन्दरीजल बन्दीगृहमा सन्त सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनावरण गरिएको छ ।
    किसुनजीको ९५ औँ जन्मजयन्तीका अवसरमा आज सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईको सालिक अनावरण गरेका थिए ।

    बन्दीगृह बिपी सङ्ग्रहालयमा परिणत भएपछि हालसम्म ६ जना नेताको सालिक अनावरण गरिएको छ । बिपी, गणेशमान र किसुनजीको पूर्णकद, नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको अर्धकदको सालिक अनावरण भएको हो ।

    कार्यक्रममा पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वमन्त्री आइबी गुरुङ, तारिणदत्त चटौत, पूर्व सांसद नवराज गुरुङ, पुरुषोत्तम बस्नेत र अर्जुन खड्का, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेल, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी लगायतका वक्ताले नेपाली राजनीतिमा सन्त नेता भट्टराईले पुर्याएको योगदानबारे बोलेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology