अन्तर्राष्ट्रिय मैथिली सम्मेलन जनकपुरधाममा शुरु

  • साझा डबली
  • शनिबार, पुस ७, २०७५
  • जनकपुरधाम, पुस ७ ।  ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ ।

    अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र मैथिली साहित्य उत्सव नेपालद्वारा आयोजित सो सम्मेलनमा नेपाल र भारतका मैथिली भाषा अभियानी, साहित्यकार, कलाकार, भाषाविद् पुरातत्वविद् र संस्कृतिविद्को सहभागिता रहेको छ ।

    सम्मेलनमा मैथिली भाषाको अवस्था, मैथिल संस्कृति, पुरातत्वाविक सम्पदा, साहित्य विवेचना, प्रादेशिक अवस्था, प्रदेश नं २ मा मैथिली भाषालाई न्याय दिलाउने विषयमा चिन्तन मनन गरी सरकारको ध्यानाकर्षण र कार्यान्वयन गराउन जनकपुर घोषणापत्र जारी गरिने जनाइएको छ ।
    सम्मेलन आइतबारसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology