व्यवस्थित बसपार्क नहुँदा पर्यटकलाई समस्या

  • साझा डबली
  • शनिबार, पुस ७, २०७५
  • काठमाडौँ, पुस ७ । राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ । व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउने तोकिएको सडक क्षेत्र पनि घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या रहेको छ ।

    मुलुकको पर्यटन विकास गर्न पर्याप्त पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको छ । काठमाडौंको मुख्य क्षेत्र ठमेल पर्यटकको मुख्य गन्तव्य भएकाले त्यस क्षेत्र वरपर बसपार्क बनाउनका लागि सरकार र महानगरपालिकाले जोड दिनू पर्ने देखिन्छ ।

    पर्यटक बस छुट्ने समयमा सडकमा धेरै चापसमेत हुने गरेको छ । सरकारले पर्यटक बसपार्कलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्न खोजेपनि व्यवसायीले पर्यटकलाई सेवा दिन ठमेल क्षेत्रवरपर नै बसपार्क हुनुपर्ने अडान लिएपछि क्षणिक समयका लागि सोह्रखुट्टे सडकमा सञ्चालन गर्न अनुमति दिएको हो ।राजधानीबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल सय हाराहारीका बसले यात्रुको सेवा दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology