आँफै गाडी हाँकेर विन्ध्यावासिनी मन्दिर पुगे पूर्वराजा ज्ञानेन्द्र

  • साझा डबली
  • शनिबार, पुस ७, २०७५
  • पोखरा, पुस ७ । राजा ज्ञानेन्द्र शाह यतिबेला पोखरा भ्रमणमा ब्यस्त छन् । औपचारिक कार्यक्रम तालिका सार्वजनिक नगरिकनै उनी विभिन्न कार्यक्रमहरुमा सहभागी भैरहेका छन् । शनिवार उनले विन्ध्यावासिनी मन्दिरमा पुजा गरे ।

    सवा ११ बजे पुजाको कार्यक्रम भनिएपनि उनी केही ढिलो गरि मन्दिर पुगेका थिए । पूर्वराजाले शनिवार विन्ध्यावासिनी आउजाउ गर्दा आँफैले गाडी हाँके । अघिपछि पूरै प्रहरीको स्कर्टिङ थियो । रातो ज्याकेटमा देखिएका ज्ञानेन्द्रले आफ्नो गाडी आँफै हाँकिरहेका थिए ।

    मन्दिर जाँदा उनी अधिकांश आँफै गाडी चलाउने गर्छन् । ‘सरकारले कहिलेकाहीँ आफै चलाउनुहुन्छ ।

    पोखरामा पनि दर्शन गर्न जाँदा आँफैले गाडी हाँक्नुभयो, शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्–आफ्नो ठाउँ भएर कन्फिडेण्ट लागेको होला । वहाँ खुशी हुनुहुन्छ ।’ शाह पुजा सकेर पुनः दोविल्ला फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology