नेकपा (माओवादी)द्वारा सुदुरपश्चिमका विभिन्न ठाउँमा सन्देशसभा

  • साझा डबली
  • धनगढी/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सुदुरपश्चिमका विभिन्न ठाउँमा एकैदिन सन्देश सभा सम्पन्न गरेको छ।पार्टीको देशव्यापी कार्यक्रम अन्तर्गत सोमबार सन्देश सभा गरिएको हो।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लवको नेतृत्वमा १२ बर्ष अघि पार्टी पुनर्गठन भएको विशेष अवसरमा माओवादीले सन्देशसभा गरेको थियो।

    सन्देशसभा अन्तर्गत कैलाली जिल्लाको टिकापुर वडा न १ खडकचोकमा भएको कार्यक्रमलाई प्रदेश इन्चार्ज भरत सीले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज प्रकाश सीले गर्नु भएको थियो।कार्यक्रममा पोलिटब्युरो सदस्य विकल्प, केन्द्रीय सदस्य गणेश, केबि लगायत स्थानीय नेताकार्यकर्ता र जनताको सहभागिता रहेको थियो।

    धनगढीस्थित मुख्यमन्त्रीको कार्यालय अगाडि भएको कार्यक्रमलाई केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य डबल बहादुर सी `भगतसिंह´ले सम्बोधन गरेका थिए भने कार्यक्रममा बिनोद, आह्वान, सिताराम , बिरु लगायतको उपस्थिति रहेको थियो।

    त्यस्तै कञ्चनपुर कृष्णनरको भेटघाट शिविरमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बिराटले सम्बोधन गर्नु भएको थियो ।सन्देश सभामा सुकुम्बासी लगायत स्थानीयको सहभागिता थियो।

    सुदुरश्चिमको बैतडी जिल्लाको पुर्चौडिमा भएको कार्यक्रमलाई जिल्ला इन्चार्ज रामसिंहले सम्बोधन गरेका थिए।साथै उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १८ जना नेकपा (माओवादी)मा प्रवेश गरेका थिए।प्रवेशिकाहरुलाई जिल्ला नेताहरूले स्वागत गरेको जानकारी दिइएको छ।

    सन्देशसभाको क्रममा अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन बजारमा पनि कार्यक्रम सम्पन्न भएको केन्द्रीय सदस्य एवम् सेक्रेटरी निरक सीले बताउनु भएको छ।उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सरिताले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिनिधि समिति सदस्य बिकासले गर्नु भएको थियो।कार्यक्रममा जिल्ला समिति सदस्य निर्मल, मानबहादुर लगायत स्थानीयको सहभागिता रहेको थियो।

    हालै निर्वाचन आयोगमा समेत दर्ता भइ चुनाव चिन्ह गुलाफ लिएर राजनीतिक गतिविधि सञ्चालन गरिरहेको नेकपा (माओवादी)ले उक्त सन्दर्भलाई समेत खुसी र उत्सवको रूपमा जनता माझ सम्प्रेषण गरेको छ।

    सन्देश सभामा बोल्ने बक्ताहरुले नेपाल आर्थिक राजनीतिक संकट उच्चतम चरणमा रहेको, जनताको जीवनस्तर निकै कष्टकर रहेको, बिदेशी दबाबका कारण देशको स्वाधीनताको स्थिति गम्भीर रहेको र उक्त समस्या सम्बोधनमा पुराना पार्टी , तिनका नेता र संसदीय व्यवस्था असान्दर्भिक साबित भैसकेकोले त्यसको विकल्पको रूपमा समाजवादी कार्यक्रम अगाडि सारेर निकास खोज्नुपर्ने बिचार राखेका थिए।

    उहाँहरुले तत्काल संविधान पुनर्लेखन गरि चुनाव हुनुपर्ने र राज्यको पुनर्संरचना गर्दै देशमा शान्ति, समृद्धि र स्थायित्व सुनिश्चित गरिनुपर्ने समेत बताउनु भएको थियो।

    जनयुद्धको क्रममा करिब २४ बर्ष अघि २०५८ साल मङ्सिर ८ गते तत्कालीन छापामारलाई जनमुक्ति सेनाको रूपमा घोषणा गरिएको दिन पनि भएकोले उक्त दिनलाई सुदुरपश्चिम लगायत देशका विभिन्न ठाउँमा पूर्वजनमुक्ति सेनका योद्धाहरुले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आफ्नो बिरासतलाई स्मरण गरेका समाचारहरु प्राप्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology