काठमाडौं/जेनजी आन्दोलनमा सहभागी युवाहरु तथा वाम–बौद्धिकहरुले भदौ २३–२४ को नवयुवा विद्रोहको मर्मअनुसार आगामी राजनीति अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपाली समाजको सङ्कटको समाधानका लागि अग्रगामी राजनीतिक शक्ति निर्माणका लागि पहल हुनुपर्ने खाँचो पनि औंल्याए।
शनिबार काठमाडौंमा आयोजित ‘जेनजी विद्रोह र अबको बाटो’ विषयक विमर्श कार्यक्रममा बोल्दै जेनजी मुभमेन्ट अलायन्सका प्रतिनिधि रिजन रानाले नयाँ विचारले मात्रै नयाँ राजनीतिलाई अघि बढाउने र नयाँ विचार निर्माणका लागि जेनजी युवासहित अग्रगामी राजनीतिक पंक्तिबीच सहकार्य हुनुपर्ने बताए । त्यस्तै जेनजी प्रतिनिधि मोनिकाले आज पुँजीवादले ल्याएको आर्थिक असमानताको खाडल कसरी पुर्ने र गरिखाने वर्गको अधिकार कसरी स्थापित गर्ने भन्नेमा पनि जेनजी आन्दोलनको सरोकार भएको बताइन्।
विद्यार्थी नेता प्रतीक कार्कीले जनताको बलिदानबाट स्थापिन भएको गणतन्त्रले नामको मात्रै भएको तर कामको नभएकोले विद्रोह उठेको विश्लेषण गरे । जेनजी विद्रोहका मूल मुद्दालाई किनारामा फाल्ने कोसिस हुन लागेकाले त्यसको मर्मलाई मर्न नदिन सबैले भूमिका खेल्नुपर्ने उनले बताए । पत्रकार शमशाद अहमदले भदौ २३ को मुद्दा ओझेलमा पारेर नयाँनयाँ स्वार्थका मुद्दाहरु अघि सार्न थालिएकोमा चिन्ता व्यक्त गरे । उनले आन्दोलनको उपलब्धि संस्थागत गर्न चुनाबको बाटो हुँदै अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा करुणा पराजुली, किरण विक, युग पाठक, डा. भाष्कर गौतम, नवीन तिवारी, घम्बर नेपाली, झलक सुवेदी, खगेन्द्र संग्रौला, अनुषा खनाल लगायतले अन्तरकृयामा सहभागिता जनाएका थिए ।
राजनीतिक संवाद थालनीका संयोजक सङ्गीतले संक्षिप्त छलफलपत्रसहित विषयको उठान गरेका थिए भने कवि तथा पत्रकार देव व्रतले छलफल सञ्चालन गरेका थिए ।







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ