नेकपाद्वारा कात्तिक २० गते काठमाडौमा जनसभा आयोजना

  • साझा डबली
  • काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टीले कात्तिक २० गते काठमाडौमा बृहत जनसभा आयोजना गर्ने भएको छ।गत असोज २६ देखि ३० गतेसम्म कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले जनसभा गर्ने निर्णय गरेको हो।

    जेनजी बिद्रोह पछिको परिस्थितिको मूल्याकंन गर्दै सम्पन्न उक्त बैठकले भ्रष्टाचार विरुद्ध र देशको स्वाधीनता एवम् समाजवादका लागि विभिन्न संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेको छ।

    संघर्षका कार्यक्रम अन्तर्गत कार्तिक १३ गते भित्ते लेखन, १५ गते देशव्यापी मसाल जुलुस गर्ने, १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा र २० गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने बताइएको छ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने जनसभामा देशको विद्यमान संकट र त्यसको अग्रगामी निकासबारे पार्टी धारणा सार्वजनिक गरिने बताइएको छ।

    त्यस्तै बैठकले”सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर,उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर र GEN-Z माथिको भएको दमनको निष्पक्ष छानबिन गर जस्ता नाराहरु समेत तय गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology