नेकपाद्वारा पत्रकार सम्मेलन आयोजना,महासचिव विप्लवले सम्बोधन गर्दै

  • साझा डबली
  • काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।नेकपा केन्द्रीय समितिको हालै सप्पन्न बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको हो।

    यही असोज २६ देखि ३० गतेसम्म कपिलवस्तुमा सप्पन्न नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति बैठकले मुलुकको समसामयिक परिस्थितिको विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, आगामी निर्वाचन,माओवादी घटकहरुको एकता,सरकार निर्माण र राजनीतिक निकासबारे पार्टी धारणा लगायतका बिषयमा निर्णय गरेको श्रोतले बताएको छ।

    काठमाडौको कमलादीस्थित प्रज्ञाभवनको पारिजात हलमा दिउँसो १ बजे हुने पत्रकार सम्मेलनलाई सम्बोधन गर्न महासचिव विप्लव, प्रबक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु लगायत प्रमुख नेताहरू काठमाडौ आइसक्नु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology