पुरानो कम्युनिस्ट आन्दोलनको मृत्यु अनिवार्य छ,अब यी ५ कुरामा ध्यान दिऔं

  • साझा डबली
  • काठमाडौ/ बैज्ञानिक कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल`आहुति´ले पुरानो कम्युनिस्ट आन्दोलनको मृत्यु अनिवार्य भएको भन्दै कम्युनिस्ट आन्दोलनको पुनर्जागरणमा जोड दिनु भएको छ।सामाजिक सञ्जाल फेसबुक मार्फत मङ्गलबार स्ट्याटस लेख्दै उहाँले पुरानो कम्युनिस्ट आन्दोलन असफल भइसकेको दाबी गर्नु भएको छ।

    आहुतिले पुरानो कम्युनिस्ट आन्दोलनसङ्ग आजको पुँजीवादसङ्ग लड्ने बैचारिक रणनीति नभएको भन्दै यसको मृत्यु अनिवार्य रहेकोले नेपालका कम्युनिस्ट पार्टीहरु असफल भएको बताउनु भएको छ।उहाँले जेनजी बिद्रोहका बिबिध पाटाहरु रहेको उल्लेख गर्दै विद्यमान राज्यसत्ता अन्तर्गत समाजवादमा जान चाहने पार्टीहरु समेत असफल भएको भन्दै अब कुनै एक नेताको सट्टा अर्को हल्लाबाज नेता बनाएर समस्या समाधान संभव नरहेको बताउनु भएको छ।

    असफल पार्टी वा नेताहरू एकताबद्द भएर सफलता प्राप्त नहुने भन्दै `हारहरु जोडेर जीत नहुने र ऋणहरू जति जोडे पनि धन बन्न नसक्ने´ तर्क समेत उहाँले गर्नुभएको छ।

    उहाँले आजको समस्या समाधान गर्न र समाजवादी आन्दोलन सप्पन्न गर्न कम्युनिस्ट आन्दोलनको पुनर्जागरण गर्नुपर्ने र त्यसका लागि पाँच ओटा कुरामा पुनरावलोकन गरिनुपर्ने बताउनु भएको छ।

    उहाँकाअनुसार कम्युनिस्ट पार्टी सञ्चालन सम्बन्धी लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आजको आवश्यकता अनुसार सिंहावलोकन गरिनुपर्ने,प्रबिधिलाई क्रान्तिको सर्वाधिक महत्त्वको बिषयको रूपमा लिनुपर्ने,दलाल पुँजीवादी उत्पादन प्रणाली विरुद्ध जनतालाई सङ्गै लिएर जान समानान्तर अर्थतन्त्र निर्माण गर्दै जानुपर्ने, आजको युग लेनिनले विश्लेषण गरेको भन्दा नयाँ भएकोले वर्ग संघर्षको नयाँ रणनीति लागु गर्नुपर्ने, संसदीय व्यवस्थाभित्रबाट आम सुधारको जनताको अपेक्षा असंभव रहेकोले आजको परिस्थिति अनुसारको क्रान्तिकारी नीतिद्वारा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

    भदौ २३ र २४ गते राजधानी काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा भएको जेनजी बिद्रोह,त्यसपछि निर्माण भएको परिस्थिति र सत्तासिन पार्टी र तिनका प्रमुख नेताहरु असफल भएको चर्चाका बिच अब मुलुकको राजनीति दिशा के र कसरी अगि बढ्छ भन्ने प्रश्नहरु उठिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology