अब कम्युनिस्ट आन्दोलनको पुनर्गठन र राज्यको पुनर्संरचना गरौं

  • साझा डबली
  • काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् पार्टी प्रवक्ता प्रकाण्डले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र राज्यको पुनर्संरचना गरेर देशलाई अग्रगामी निकास दिनुपर्ने बताउनु भएको छ।नेपाल कम्युनिस्ट पार्टी काठमाडौ जिल्ला समितिले बुधबार आयोजना गरेको `जेनजी बिद्रोह र राजनीतिक निकासको प्रश्न´ बिषयक अन्तर्कृयालाई सम्बोधन गर्ने क्रममा उहाँले यथास्थितिमा संकटको निकास असंभव रहेको बताउनु भयो।

    सम्बोधनको क्रममा उहाँले कम्युनिस्ट आन्दोलन आफ्नो आन्तरिक कारणले नै कमजोर भएकोले आन्दोलनलाई फेरिएको परिस्थिति र जनताको मागबमोजिम पुनर्गठन गर्नु अनिवार्य रहेको बताउनु भयो।

    “साम्राज्यवादी शक्तिहरु नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्न सक्रिय छन् ।कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति विरुद्धको षड्यन्त्रको एउटा उदाहरण हालै जेनजी आन्दोलनमा भएको घुसपैठ, विध्वंस र त्यसपछि सरकार निर्माण प्रक्रियामा देखिएको बाह्य पहल हेर्दा पनि हामी कहाँ छौं स्पस्ट देख्न सकिन्छ”- प्रवक्ता प्रकाण्डले भन्नु भयो-” त्यसैले अब जति छिटो हामी आफ्ना कमजोरी सच्याएर अगाडि बढ्छौ ,त्यति नै देशले निकास पाउँछ अन्यथा कम्युनिस्ट पार्टीहरुको भबिष्य समेत खतरामा पर्न सक्छ” ।

    कम्युनिस्ट आन्दोलनभित्र र सरकारमा पुगेका कम्युनिस्ट पार्टी र नेताहरुका कमजोरीका कारण केहि समस्या थपिएको भएपनि कम्युनिस्ट पार्टी र समाजवादको भविस्य नै उज्ज्वल रहेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले सबै कम्युनिस्ट पार्टीहरुले अब नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको बताए ।

    उहाँले साम्राज्यवादीको आक्रमणबाट कम्युनिस्ट आन्दोलन रक्षा गर्न जरुरी रहेको निष्कर्ष निकाल्दै नेकपाले बिचार मिल्ने पार्टीसङ्ग एकता र तत्काल एकता संभव नभए पुनर्गठनको उदेश्यसहित कार्यगत एकता वा मोर्चा निर्माणका लागि बार्ता टोलि समेत बनाएर छलफल अगाडि बढाउने निर्णय गरेको बताउनु भयो।

    संसद र संविधानभित्रबाट निकास हुन नसक्ने संकेत गर्दै प्रवक्ता प्रकाण्डले भदौ २३ र २४ को जेनजी बिद्रोह अन्ततः संसदीय व्यवस्था र संविधानको नै असफलताको परिणाम भएकोले अब सरकार मात्रै फेरबदल गरेर होइन की सत्ताको पुनर्संरचना र संविधानको पुनर्लेखनबिना बिद्रोहको म्याण्डेट पुरा हुन नसक्ने बताउनु भयो।

    “जेनजी बिद्रोह भ्रष्टाचार र कुशासन विरुद्ध जनतको आक्रोश हो, यदि उक्त कुरालाई समाधान गर्ने हो भने भ्रष्टाचार जन्माउने राजकीय संरचनाहरु नै बदल्नुपर्छ र संविधान पुनर्लेखन गर्नुपर्छ, अन्यथा प्रतिक्रान्ति र बिदेशी षड्यन्त्र हाबी हुनेछ” – उहाँले भन्नु भयो।

    उहाँले सरकार निर्माण प्रक्रिया, मन्त्रीहरुको अनुहार, पृष्ठभूमि र कार्यप्रक्रिया हेर्दा देशमा चुनाव गराउने , स्थायित्व र निकास प्राप्त हुने भन्दा पनि साम्राज्यवादी योजना अनुसार थप संकट पैदा हुनसक्ने खतराको संकेत रहेको बताउनु भयो।

    समसामयिक राजनीतिक परिस्थिति र निकासको सन्दर्भलाई स्पष्ट गर्दै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी, परिवर्तनकारी र आन्दोलनकारी राजनीतिक शक्तिको संयुक्त सरकार र त्यसले दिने निकास मार्फत अघि बढ्नुपर्ने र उक्त सरकारले जेनजी बिद्रोह लगायत बिगतका आन्दोलनका अपेक्षा पुरा गर्नेगरी काम गर्नुपर्ने प्रकाण्डको भनाइ थियो।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology