Gen z आन्दोलनका २ एजेन्डा थिए -स्थिर सरकार-प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । यद्यपि आन्दोलन, एजेन्डा, नेतृत्व र स्वरुप बदलिएको छ। Gen z आन्दोलनको नेतृत्व मिरज ढुंगानाले गरेका थिए। रियल Gen z मिरज ढुंगाना हुन। उनी गायब र ओझेलमा छन। यसको लेखाजोखा Gen z आन्दोलनले गर्नैपर्छ।
अपसोस आन्दोलनमा पानी बाड्न निस्केको ” हामी नेपाल ” संस्था र त्यसको अध्यक्ष ३६ वर्षे सुदन गुरुङ एकाएक चर्चामा छन। जो की सुदन गुरुङ Gen z नै होइनन। यो पात्र आयातित र नियोजित हो भन्नेहरुको सङ्ख्या पनि बढ्दो क्रममा छ।
सुन्नमा आएअनुसार “हामी नेपाल” संस्थाका प्रमुख दातामा डा. सन्दुक रुइत, शंकर ग्रुपका साहिल र सुलभ अग्रवाल, उपेन्द्र हिरावत लगायत छन्। तर, रोचक तथ्य के हो भने यस संस्थालाई चीनविरुध्द तिब्बती शरणार्थीहरुले चलाएको ‘स्टुडेण्ट फर अ फ्री तिब्बत’ नामक अन्तर्राष्ट्रिय एनजिओ र व्यवसायी दीपक भट्टको इन्फिनिटी होल्डिङले पनि `हामी नेपाल´ संस्थालाई आर्थिक सहयोग उपलब्ध गराइरहेको समाचारहरु बाहिरीएका छन।
अपितु अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पश्चिमा संघ संस्थाहरुको संरक्षण र फन्डमा हुर्किएको हामी नेपाल संस्थाको अध्यक्ष सुदन गुरुङ परिचालित हुन कि स्वचालित हुन ? इतिहासले पुष्टि गर्दै जाला ? इतिहास काल हो ! जसले हर युग र समयको हिसाब राखेकै हुन्छ ।
नेपालको भू- राजनिति र पछिल्ला घटनाक्रमलाई हेर्दा परिस्थितिमा अपूर्व बदलाव आएको छ। भाद्र २३ र २४ गते Gen z ले स्वतस्फूर्त सामाजिक संजाल बन्द र सरकारी भ्रष्टाचार विरुद्ध आन्दोलन गर्यो ।Gen z आन्दोलन जायज र अर्थपूर्ण थियो। दलाल, कमिसन खोर र भ्रष्टचार बिरुद्धको हुङ्कार थियो। जसले ३६ घण्टामा नेपाली राजनितिमा उथलपुथल ल्याइदियो। आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री केपी ओलीको राजिनामा , प्रतिनिधि सभा विघटन, संसद भवन, सर्वोच्च अदालत सिंहदरबार र राष्ट्रपति भवन समेत जलाउनुले नयाँ राजनीति ध्रुवीकरण र अन्तरविरोध तीब्र रहेको कुरालाई स्पस्ट गरेको छ।
Gen z आन्दोलन अनियंत्रित, उग्र र रणसङ्ग्राममा परिणत हुनुमा सरकारको गैरजिम्मेवारी र कथित संघ संस्था अनि प्रतिगामी राजावादीहरुको अवाञ्छित गतिविधिहरुको ठुलो हात छ।
नेपाल बिरोधि क्यान्पियन चलाइरहेका पश्चिमा र तिनीहरुबाट संरक्षित NGO र INGO नेपालमा बग्रेल्ती छन। ती संस्थाहरु कथित धर्म, सहयोग, गरिबीको अन्त्य, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, आपसी सहयोग, विकास र विभेद उन्मूलनको नाममा यत्रतत्र छन्। यसर्थ भोका जनतालाई धोकाका गुलिया नसाहरु पिलाएर पागल बनाउनु नै तिनीहरुको कर्म हो।
पश्चिममाहरुको सिद्धान्त नै फुटाउ र राज गर, लुट र मोज गर भन्ने हो। उनिहरु धर्म, गरिबी, अस्थिरता र हिंसाको व्यापार गर्न सिपालु छ्न। एसिया र अफ्रिकाका गरीब मुलुकहरूमा अस्थिरता निम्त्याएनु पश्चिममाहरु अर्थात अमेरिकाको राजनीति,आर्थिक र सामरिक रणनीति नै हो।
पछिल्लो विश्वमा पश्चिमाहरुले आफ्नो प्रभाव र प्रभुत्व
विस्तार गर्न कथित रंगीन क्रान्तिको लहर चलाइरहेका छन।
सन् २००३ मा जर्जियाबाट सुरु भएको ‘रोज रेभ्युलेशन ’, सन् २००४ मा युक्रेनको ‘ओरेन्ज रेभुलेसन’, सन् २००५ मा भड्काइएको किर्गिस्तान ‘ट्युलिफ रेभुलेसन’ सन् २०११ मा एशियाका कयौं देशहरुमा सुरु गरिएको ‘अरब स्प्रिङ’ श्रीलंका र बङगला देशमा भएका बिद्रोह र विषेश गरि अमेरिकाले कथित ‘कलर रेभुलेसन’ मार्फत युद्ध र विध्वंस मच्याइरहेको छर्लङ्ग छ। यस्ता क्रान्ति र युद्ध निर्यात गर्नु अमेरिका र पश्चिमाहरुको कुत्सित कर्म हो।
तसर्थ नेपालमा पनि सेप्टेम्बर ८ र ९ को Gen z आन्दोलनमा Colour revolution का छिटाहरु देखिन्छन्। Gen z को शान्तिपूर्ण आन्दोलन र क्रान्तिमा अशान्ति र विध्वंस मच्चाउनुमा कथित NGO, INGO र खुपिया एजेन्सीहरुको घुसपैठ र सङ्लग्नता देखिन्छ।
Gen z को देश बदल्ने हुटहुटी माथी तुषारापात गर्ने कथित खुपिया र नक्कली आन्दोलनकारीबाट आजको पुस्ता सावधान रहनुपर्छ। विदेशी एजेन्टहरुको षड्यन्त्र चिर्नै पर्छ।
यो देश Gen z ले नै बदल्ने हो। राज्यको नेतृत्व पनि Gen z ले नै गर्ने हो। वर्तमान समय सक्कली Gen z हरुको हो। सडेका नेता र नक्कलीहरुको होइन। देश चलाउन युवाहरू सक्छ्न।
Gen z हरुमा आक्रोश र बिद्रोह मात्र होइन। वर्तमान विश्वको ज्ञान् , विज्ञान र प्रविधीले सुसज्जित चेतना पनि छ। यो समय नयाँ पुस्ताको हो। देश चलाउने जिम्मा नयाँलाई दिनुपर्छ ।







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ