चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष लामा रोजगारीका लागि बिदेशिय

  • साझा डबली
  • ११ भदौ, गोरखा / गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् ।

    उनले सामाजिक सन्जालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको लेखेका छन् ।

    ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जिन्दगीलाई पुन: एकपटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले लेखेका छन् ।

    लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।उनले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिएर रोजगारीका लागि जर्मनी गएको परिवारिक स्रोतले जनाएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले पनि वडाध्यक्ष लामा स्वदेश नफर्किने भनेर विदेश गएको जानकारी पाएको बताए । ‘उहाँले लिखित रुपमा राजीनामा दिनुभएको छैन । कार्यवाहक तोकेर जानु भएको रहेछ,’ लामिछानेले भने, ‘तर उहाँ नफर्किने रे भन्ने जानकारी आएको छ । यदि त्यसो हो भने, पछि राजीनामा पत्र पनि आउला ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology