गिरफ्तार नेता अबिलम्ब रिहा गर्न नेकपाको माग

  • साझा डबली
  • धनगढी / नेपाल कम्युनिस्ट पार्टीले पार्टी केन्द्रीय सदस्य एवम् बझाङ जिल्ला इन्चार्ज भरत सी र विद्यार्थी नेता कमललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति निन्दा र भत्सर्ना गर्दै अबिलम्ब रिहाई गर्न माग गरेको छ।नेकपा सुदुरपश्चिम इन्चार्ज भरत सी( रणवीर)ले सोमबार एक प्रेस बिज्ञप्ति जारी गरि यस्तो माग गरेका हुन् ।

    जारी बिज्ञप्तिमा स्थानीय निर्माण व्यावसायीसङ्ग भएको सामान्य बिबाद र त्यसपछि उक्त विवादको समाधान भैसकेको सन्दर्भमा भरत र कमललाई २१ गते बझाङको झोताबाट गिरफ्तार गरिएको भन्दै रिहाईको माग गरिएको छ।

    बिज्ञप्तिमा समाधान भैसकेको बिषयलाई थप जटिल बनाएमा त्यसको मूल्य चर्को पर्ने भन्दै चेतावनी समेत दिइएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology