अर्को क्रान्ति र परिवर्तनको लागि उभिएको छुः मणी थापा

  • साझा डबली
  • बसन्त विक, नेपालगंज । वरिष्ठ जनवादी कलाकार मणी थापाले अर्को क्रान्तिको लागि सामना सांस्कृति परिवारले संचालन गरेको समाजवादी अभियानमा उभिएको बताउनु भएको छ । सोमवार बाँकेको नेपालगंजमा सामना सांस्कृति परिवारले संचालन गरेको सांस्कृति कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ जनवादी गायक थापाले अर्को क्रान्तिको लागि सामना सांस्कृति परिवारले संचालन गरेको समाजवादी अभियानमा उभिएको बताउनु भएको हो ।

    उहाँले माओवादी जनयुद्धले गणतन्त्रसम्म देशलाई ल्याएपनि जनताको जीवनस्तरमा हुनुपर्ने परिवर्तन हुन नसकेकाले अर्को क्रान्तिको आवश्यकता रहेको बताउनु भयो ।

    वरिष्ठ जनवादी गायक थापाले भन्नु भयो ‘माओवादी जनयुद्धले गणतन्त्र ल्यायो, सिंहदवारमा हामी पनि गयौ, सिंहदवार फेरीयो होला तर जनताको जीवनस्तर फेरिएन, अझै जनताको जीवन कठिन छ, जनताको जीवन फेर्नका लागि पनि अर्को क्रान्ति जरुरी छ ।’

    उहाँले सामना सांस्कृति परिवारसहित नेकपासंग अरु भन्दा केही फरक क्रान्तिको सपना देखेकाले नयाँ क्रान्तिको अभियानमा उभिएको स्पष्ट पार्नु भयो । पूर्वमन्त्री समेत रहनु भएका वरिष्ठ जनवादी कलाकार थापाले बन्दुकबाट ल्याएको गणतन्त्र जनताको बन्न नसकोमा चिन्ता व्यक्त गर्नु भयो ।

    उहाँले अर्को क्रान्ति भनेको समाजवादी क्रान्ति हुने र त्यसको नेतृत्व नेकपाले गर्न सक्ने सुस्पष्ट विचार देखेकाले आफू सिंहदरवार छोडेर यहाँ उभिएको भनाई राख्नु भयो ।
    कार्यक्रममा राजावादी तथा प्रतिगामीहरुको चलखेल विरुद्ध रचिएको गणतन्त्र सम्वन्धि मिठो गित पनि गाउनु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology