अछामको जयगढमा लागेको आगलागीबाट ७ करोड बढीकाे क्षति 

  • साझा डबली
  • अछाम / जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार साँझ लागेकाे भीषण आगलागीको कारण  सातकरोड बढीकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएकाे छ ।

    बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा रहेको जयगढ बजारमा मंगलबार साँझ लागेको आगो मध्यराती साढे १२ बजे नियन्त्रणमा लिँदासम्म बजारका २७ वटा घरटहरा पूर्णरुपमा जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए ।

    उनका अनुसार स्थानीय पुष्पराज शर्माको आइएमई पसलबाट ग्यास सिलिन्डरबाट सुरु भएको आगोले भीषण रुप लिँदा दशवटा कच्ची घर, टिनले बनेका १५ घर र दुईवटा पक्की घरगरी २७ वटा घरहरु खरानी बनेका छन् । जसमध्ये ११ वटा पसल हुन् । यी सबै घर तथा पसलगरी ७ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर पुरा विवरण संकलन भइनसकेकाले क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

    बुधबार बिहान देखि क्षतिको विवरण संकलन गरिने भएकाले त्यसपछि मात्रै क्षतिको पूर्ण विवरण आउने छ ।

    आगो नियन्त्रणका लागि गोरख बक्स गण मंगलसेन ब्यारेकबाट सेनानी अमृत खड्काको कमाण्डमा ३० जना, सशस्त्र प्रहरी बल खप्तड गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक हंशराज जोशीको कमाण्डमा ११ जना र प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा नेपाल प्रहरीको मंगलसेन, साँफेबगर र जयगढबाट गरी ३० जना सुरक्षाकर्मीको टोली तथा जनप्रतिनिधि र स्थानीयहरु दमकल सहित घटनास्थल पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology