
नुवाकोट । अखिल (समाजवादी) नुवाकोटले बिदुर नगरपालिका ४ मा रहेको आदर्श बहुमुखी क्याम्पस नुवाकोटमा भएको तोडफोडको घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ।आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले क्याम्पसमा नियमित पठनपाठन गर्न र स्ववियु निर्वाचनका गतिविधि आगाडी बढाउन माग गरेको हो।
अखिल (समाजवादी) नुवाकोट जिल्ला इन्चार्ज रोजी सी (प्रभा) र अध्यक्ष विवेक सी द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा विद्यार्थी हक हित र अधिकारको लागि निरन्तर लागिरहने र विद्यार्थी विरोधी फर्जी कार्य र षड्यन्त्र आफूहरुलाई स्वीकार्य नहुने बताइएको छ।
अघिल्लो निर्वाचन जितेर विद्यार्थीको पक्षमा काम गर्न नसकेका विद्ययार्थी संगठनले संभावित पराजय बाट डराएर आफ्नो संगठन बिरुद्ध अनेक षड्यन्त्र भएको अखिल (समाजवादी)को आरोप छ।