समाजवाद उन्मुख भनेको औद्योगिकीकरण हो, तर भएका उद्योग पनि बन्द हुँदैछन्

  • साझा डबली
  • काठमाडौँ /राष्ट्रियसभा सदस्य गोमादेवी तिमिल्सनाले समाजवादउन्मुख देशहरूमा औद्योगिक विकास हुँदै जानुपर्नेमा उल्टै  नेपालमा दातृ देशहरूले बनाइदिएका उद्योगहरू समेत धमाधम बन्द हुन थालेको बताएकी छन्।​राष्ट्रियसभाको आइतवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

    उनले सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको आरोप लगाइन्। उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरूले पारिश्रमिक पाउन नसकेको बताइन्।

    उनले भनिन्, ‘समाजवादउन्मुख देशहरूमा औद्योगिक विकास हुँदै जान्छ। तर हाम्रो देशमा दातृ मुलुकहरूले बनाइदिएका उद्योगहरू धमाधम बन्द हुँदै गइरहेका छन्। लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे छ। कामदार र कर्मचारी महिनौँदेखि भोकभोकै मरिरहेका छन्। अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिन आग्रह गर्न चाहन्छु।’

    उनले तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology