बाजुराको कोल्टीमा प्रशासन कार्यालय स्थापना गर्न माग, छिट्टै माग पुरा गर्ने गृहमन्त्रीको प्रतिबद्धता

  • साझा डबली
  •  

    काठमाडौ।बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ।नेकपा केन्द्रिय सदस्य एवम् सभासद डबल बहादुर सी `भगतसिंह´ नेतृत्वको टोलिले आज गृहमन्त्री रमेश लेखकलाई मागपत्र बुझाउदै जिल्लाको कोल्टी क्षेत्रका जनताको भौगोलिक कठिनाइलाई बिचार गरि इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो।

    गृहमन्त्रीमार्फत सरकारलाई बुझाइएको लिखित पत्रमा बाजुरा जिल्ल्ला प्रदेश निर्वाचन क्षेत्र “क” सदरमुकाम मार्तडीबाट अति नै दुर्गम क्षेत्रका रुपमा रहेको, कुल जनसंख्याको ४०% जनता उक्त क्षेत्रमा बसोबास गरिरहेको, सदरमुकाम मार्तडीबाट प्रशासनिक तथा अन्य सेवामूलक सुविधा लिनको निम्ति रु ५ हजार देखि १० हजारसम्म खर्च गरेर २/३ दिनको समय जुटाउनु पर्ने त्यस क्षेत्रका नागरिकहरुको बाध्यता रहेकोले उक्त क्षेत्रमा प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।

    मागपत्र बुझ्दै गृहमन्त्री लेखकले उक्त क्षेत्रमा प्रशासन कार्यालय छिट्टै उद्घाटन गर्ने प्रतिबद्धता व्यक्त गरेको सभासद भगतसिंहले जानकारी दिएका छन।

    त्यस्तै मागपत्रमा सुदुरपश्चिम प्रदेशमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय , सेती लोकमार्ग,महाकाली कोरिडर तथा रारालाई बाजुरा हुँदै खप्तड जोड्ने लिंक रोडका कामहरु कार्यान्वयन गर्ने विषय सुस्त अवस्थामा रहेकाले कार्यान्वयनमा गति प्रदान गरियोस् भनी माग समेत गरिएको छ भने ज्ञापनपत्र बुझाउने टोलीमा लाल बहादुर सी, रमेश महतारा, नैन बहादुर बुढा र शैलेन्द्र उपाध्यायको सहभागीता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology