अछाम।बिकृत र पुरानो सँँस्कृतिको विकल्पमा जनपक्षीय सँस्कृतिको निर्माण र समाजवादी प्रगतिशील संस्कृतिको प्रवर्द्धनका लागि अछाममा देउसी भैलो खेलिने भएको छ।नेकपा सम्बद्ध अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) अछामको आयोजनामा समाजवादी प्रगतिशील देउसी भैलो सञ्चालन हुने नेकपा प्रतिनिधि समिति सदस्य निरक सीले जानकारी दिएका छन् ।
कात्तिक११ गते सदरमुकाम मङ्गलसेनबाट सुरु हुने देउसी भैलो कार्यक्रम जिल्लाको बिनायक, कमलबजार, तुर्माखाद, जयगढ, साफेबगर र ढकारी लगायतका प्रमुख ठाउँहरुमा सञ्चालन हुने बताइएको छ।देउसी भैलोमा समाजमा रहेका जातीय छुवाछुत, महिला हिंसा,भ्रष्टाचार,छाउपडी प्रथा जस्ता सामाजिक, आर्थिक र राजनीतिक बिसङ्गतिबिरुद्द गीतसंगीत मार्फत जनजागरण पैदा गर्ने उदेश्य राखिएको छ।
उक्त देउसी भैलोमा नेकपा जिल्ला इन्चार्ज सरिता,केन्द्रीय जनप्रतिनिधि समिति सदस्य निरक, जिल्ला सचिवालय सदस्य बिकास, चट्टान ,जिल्ला सदस्यहरु निर्मल,एकेन्द्र, दिपेन्द्र लगायतका नेताकार्यकर्ताहरु सहित कलाकार टोलिको सहभागिता रहने जानकारी दिइएको छ।