धनगढी । नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज रणवीर सी ले कृषि उत्पादनको आत्मनिर्भरता बिना देश आत्मनिर्भर बन्न नसक्ने बताएका छन । शुक्रबार पार्टीको सुदूरपश्चिम प्रदेश कृषी उत्पादन विभागको धान रोपाई उद्घाटन गर्दै नेता रणविरले यस्तो बताएका हुन ।
नेता, कार्यकर्ता, पार्टी र देशलाई आत्मनिर्भर बनाउनका निम्ति उत्पादन कार्यमा जोडीन जरुरी भएको बताउदै दलाली र भ्रष्टाचारको अन्त्य गर्न पनि उत्पादनको महत्वपूर्ण भूमिका भएको बताएका छन्।
धान रोपाईको उद्घाटन गर्दै रणविरले समाजबाद प्राप्तीका लागि उत्पादन मुख्य आधार भएको भन्दै पार्टीको नवौ अधिबेशनबाट पारीत निति अनुरुप नेता कार्यकर्ता र जनता श्रमसंग जोडिदै आएको बताए । उनले देशभर २ सय २० विगाहामा धान रोपाई भईरहेको जनाएका छन्।
आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देशको नारा लिएर उत्पादन कार्यमा लाग्दै आएको बताउदै उनले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यसले सकारात्मक सन्देश दिएको बताए । उनले हिमालमा स्याउ, डोटीमा सुन्तला र पूर्बमा चिया खेती लगायत देशभर कृषी उतपादन गर्दै आएको जानकारी गराए । आर्थिक आत्मनिर्भरताको आधार कृषि उत्पादन भएको बताउदै नेता रणविरले पार्टीको नितिले अन्य बसेर खाने र गफ चुटेर बस्नेहरुलाई पनि श्रमसंग जोड्न बाध्य बनाएको बताए । चन्दा उठाएर खाने, काम गर्न डराउने जस्ता आरोप लगाउनेहरुका लागि आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ताको नितिले गतीलो झापड दिएको बताउदै उनले अन्य पार्टीहरुले पनि नेकपाको उत्पादनको सिको गर्दै श्रम र उत्पादनको सम्बन्ध जोडन खोजेको बताए । उनले श्रम र उत्पादनको नीतिले पार्टी देशमा उदारणीय बनेको बताउदै पार्टीले यसलाई बैज्ञानीक समाजबादको भ्रुणका रुपमा लिएको बताए ।