
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले खेलकुद क्षेत्रको विकासका लागि भन्दै ज्ञापनपत्र बुझाएको छ। बिहीवार सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा संगठनका अध्यक्ष दिनेश सी ले युवा तथा खेलकुदमन्त्री बिराज भक्त श्रेष्ठ समक्ष आठ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका हुन्।
युवा संगठनले पछिल्लो समयमा खेल क्षेत्रका खेलाडीहरु निराश हुँदै पलायन हुनु पर्ने अवस्था सृजना गरिएको भन्दै संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सम्पुर्ण खेल क्षेत्रका खेलाडीहरुलाई राज्यलेअवसरहरु सृजना गर्न र प्रोत्साहन गर्नु पर्ने राष्ट्रिय खेलाडीहरुको आवासको व्यवस्था मिलाउनु पर्ने राष्ट्रिय खेलक्षेत्रका प्रशिक्षकहरु लाई आवास र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने कर्णाली प्रदेशका जिल्लाहरु, देशभरका हिमाली र पहाडी जिल्लाहरुमा विभिन्न खेलकुद क्षेत्रका भौतिक पूर्वाधार निर्माण गर्नु पर्ने दशरथ रंगशालालाई तत्काल मर्मत तथा संभार गर्नु पर्ने खेलकुद क्षेत्रमा राजनैतिक पुर्वाग्रह र हस्तक्षेपलाई निरुत्साहित गर्नु पर्ने समस्याहरुलाई निराकरण गर्न, खेल क्षेत्रलाई विकास गर्न र खेलाडीहरुसंग प्रत्यक्ष जोडिन “खेलाडीसंग खेलकुद मन्त्री” कार्यक्रम संचालन गर्नु पर्ने खेलकुद क्षेत्रमा हुने भ्रष्टाचार र मनोमानी अन्त्य गर्नु पर्ने लगायतका माग हरु उल्लेख छन्।