अत्यधिक गर्मी बढेपछि चितवनका विद्यालय ४ दिन बन्द

  • साझा डबली
  • चितवन । अत्यधिक गर्मी बढेपछि चितवनको  भरतपुर महानगर क्षेत्रका विद्यालय बन्द गरिएको छ । भरतपुर महानगरपालिकाले आज एक सूचना निकालेर मंगलबारदेखि लागू हुने गरी ४ दिन विद्यालय बन्द गरेको हो ।

    चितवनमा आज ४४ डिग्री तापक्रम मापन गरिएको छ । अत्यधिक गर्मीले बालबालिकालाई विद्यालय जानसमेत समस्या भएको जनगुनासो आएकोले जेठ २९ देखि ३२ गतेसम्म पठनपाठन बन्द गरिएको भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

    महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले सूचना जारी गर्दै गर्मी बिदा ४ दिन दिएको जनाएका छन् ।

    चितवनमा पछिल्लो पटक अघिल्लो साता मंगलबार पानी परेको थियो । त्यसपछि यहाँ गर्मी अझ बढेको छ । गर्मीको समयमा आफ्ना बालबालिकालाई बाहिर घाममा ननिकाल्न पनि महानगरले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology