आफ्नो सानो बच्चाका साथ दुर्घटना भएको विमानमा सवार थिए राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर दम्पती

  • साझा डबली
  • आफ्नो सानो बच्चाका साथ दुर्घटना भएको विमानमा सवार थिए राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर दम्पती

    काठमाडौं  पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा दुई डाक्टर दम्पती पनि परेको खुलेको छ।

    उक्त विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा। सुशील श्रेष्ठ र उनकी श्रीमती डा। सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको छ। उनीहरू आफ्नो सानो बच्चाका साथ पोखरा छुट्टी मनाउन गएका थिए।

    राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा। रुद्र मरासिनीले डा। श्रेष्ठले हिजो र अस्ति ओटी गरेर एक दुई दिन बिदा लिएर उनीहरू पोखरा घरमा विदा मनाउन पोखरा जान लागेको समेत आफूलाई बताएको जानकारी दिए।

    उनले भने, ‘हिजोसम्म काम नै गर्नुभएको थियो’ उहाँहरूको घर नै पोखरा भएको कारण बिदा मनाउन घर जान्छु भन्नुभएर दुई दिनको बिदा लिनुभएको थियो’

    डा श्रेष्ठको श्रीमती पनि अर्थोपेडिकको डाक्टर भए पनि उनी भने ट्रमा सेन्टरमा कार्यरत थिइन्। न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा। श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए । पोखरा स्थायी घर भएका डा। श्रेष्ठ काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् ।

    आज पोखरामा विमान दुर्घटनामा परेको विमानमा सवार यात्रुहरूको नाम लिष्टमा उनीहरू तीनजनाकै नाम छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology