देशभरका सीडीओलाई गृहमन्त्री लामिछानेले दिए यस्तो निर्देशन

  • साझा डबली
  • देशभरका सीडीओलाई गृहमन्त्री लामिछानेले दिए यस्तो निर्देशन

    काठमाडौंः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न निर्देशन दिएका छन्।

    सोमबार बिहान ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखसँग भएको भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले जिल्लाबाटै राहदानी र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने वातावरण बनाउन निर्देशन दिएका हुन्।

    गृहमन्त्र लामिछानेले भने राष्ट्रिय परिचयपत्र एवं राहदानी वितरणमा सहजीकरण गरी काठमाडौं आउनु नपर्ने वातावरण सिर्जना गरौं,त्यसका लागि गृहको पूर्ण साथ रहन्छ।
    उपलब्ध सबै प्रयत्न र नवप्रवर्तनकारी उपायहरू अवलम्बन गर्नुहोस्।ु

    गृहमन्त्रीमा नियुक्त भएलगत्तै लामिछानेले राहदानी विभागमा पुगेर अनुगमन तथा निरीक्षण गरेका थिए। सोही क्रममा राहदानी बनाउन पुगेका सर्वसाधारणले राहदानी वितरणमा ढिलाइ भएको गुनासो गरेका थिए। उनीहरुले टोकन सिस्टम राखेर प्रभावकारी ढ‌ंगले सेवा दिनुपर्ने माग गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology