
समाजवादीबाट चुनाव जितेका मन्त्री कुँवर एमालेमै फर्किदै, भीम रावलसँग भयो यस्तो सहमति !
नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चुनाब जितेका बहालवाला श्रममन्त्री शेरबहादुर कुँवर एमालेमा फर्किन लागेको खुुलासा भएको छ । अछाम–१ बाट नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट चुनाब जितेका कुँवरले एमालेका एक नेतासँग फर्किनेबारे कुुराकानी गरेका छन् ।
स्रोतका अनुसार केही समयअघि कुँवर र भीम रावलको भेटवार्ता भएको थियो । सोही भेटमा कुँवरलाई एमालेमा फर्काउने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार आफ्नो शर्त पूरा भएमा कुँवर एमालेमा फर्कन तयार छन् ।
एमालेले यस पटक अछाम १ मा रावललाई टिकट नदिएर झपट बहादुर बोहरालाई उठाएको थियो । तर, बोहरा कुँवरसँग पराजित भए ।
यो भेटमा यदि एमालेले भीम रावललाई राष्ट्रिय सभामा लैजाने भएमा कुँवर एमालेमा फर्किने विषयमा मोटामोटी सहमति भएको बताइएको छ । रावल राष्ट्रिय सभामा जाने ‘कम्फर्म’ हुनासाथ कुँवर एमालेमा फर्किने स्रोतले जनाएको छ ।