देउवालाई ओलीले पठाए यस्तो सन्देश, बालुवाटारमा खुसीयाली

  • साझा डबली
  • देउवालाई ओलीले पठाए यस्तो सन्देश, बालुवाटारमा खुसीयाली

    काठमाडौं( प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी सत्ता सहकार्य लागि सन्देश पठाएका छन् ।

    कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

    सिंहको सचिवालयका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई ब्रिफ्रिङ गरेका थिए ।

    प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ ।

    ओलीसँग भएको कुराकानीबारे सिंहले बुधबार साँझ बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गर्नुभएको थियो । वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ ।

    ओलीको सन्देशमा भनिएको छ( ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनुभन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईंको सभापतिलाई भन्नुहोला ।’

    वर्तमान गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए मात्र एमाले मिलेर सरकार बनाउन कांग्रेसले कसरत गर्ने बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology