चुनावको मुखैमा कांग्रेसमा ठुलो पहिरो, पौडेलसहित एकैदिन ५० जना एमालेमा प्रवेश

  • साझा डबली
  • चुनावको मुखैमा कांग्रेसमा ठुलो पहिरो, पौडेलसहित एकैदिन ५० जना एमालेमा प्रवेश

    चुनावको मुखैमा बिहीबार कांग्रेसबाट ५० जना बाहिरिएका छन् । कास्कीको पोखरा महानगरपालिका ३१ का कांग्रेस सभापतिसहित ५० जना एमाले प्रवेश गरेका हुुन् ।

    उक्त वडाको पार्टी सभापति महेश पौडेल चुनावको मुखैमा बिहीबार नेकपा एमाले प्रवेश गरेका हुन् । पौडेलसहित कांग्रेसनिकट तरुण दल जिल्ला सदस्य तथा बेगनास क्लबका पूर्वअध्यक्ष समाजसेवी राम रानाभाट र माओवादी केन्द्र निकट वाइसिएल पोखरा–३१ का अध्यक्ष हरि नेपाली पनि एमाले प्रवेश गरेका छन् ।

    यी ३ जनासहित विभिन्न पार्टीका ५० जनालाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेलगायतले स्वागत गरेका थिए ।

    यता, नेकपा माओवादी केन्द्रले सर्लाहीका नेता तथा पूर्वसांसद शिव पुजन यादवलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ । माओवादी मधेश प्रदेश ईन्चार्ज गणेश साहले पार्टीका प्रदेश सदस्य यादवलाई कार’बाही गरेको विज्ञप्ति जारी गरेका हुन् ।

    प्रतिनिधिसभामा छोरी र प्रदेशसभामा भतिजा सहित अन्य सदस्यलाई बागी उम्मेदवार बनाएकाले उनलाई पार्टीको साधारण सदस्य समेतबाट निष्कासित गरेको साहले बताए ।

    पार्टीसंग गरेका बाचालाई समेत ख्याल नगरी मनोपोली ढंगले पार्टीको निर्णय विपरीत कार्यहरु गरी प्रचार प्रसारमा संलग्न भएको, पार्टीले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र २४ घण्टे स्पष्टिकरणको कुनै जवाफ हालसम्म नदिनु भएकोले नेता यादवलाई कारबाही गरिएको माओवादी मधेश ईन्चार्ज साहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    नेता यादवले छोरी मधुमाला कुमारीलाई सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन् । उनकी श्रीमती नेकपा माओवादी केन्द्रबाट समानुपातिकका उम्मेदवार हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology