
किशोरीलाई सन्दीपले स्न्याप च्याटमा पठाएको पहिलो म्यासेज बाहिरियो !
क्रिकेटर सन्दीप लामिछानेमाथि प्रहरीले बलिया प्रमाणसहित मुद्धा अघि बढाएको छ । सन्दीपलाई १२ वर्ष जे’ल सजायको माग गर्दै प्रहरीले मुु’द्धा दर्ता गरेको हो । प्रहरीले १२ प्रमाण पेश गर्दै मु’द्दा दर्ता गरेको छ ।
जिल्ला अदालत काठमाडौंमा सोमबार मु’द्दा दर्ता भएको छ भने प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मु’द्दा दायर गरेको छ।
अदालतमा अभियोग पत्र पुगेसँगै सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अब मंगलबारदेखि उनको मु’द्दामाथी थुन’छेक बहस सुरु हुनेछ।
तत्काल उपलब्ध प्रमाण्बाट उनी दो’षी हुने देखिएमा अदालतले सन्दीपलाई पुर्प’क्षका लागि थुनामा पठाउने आदेश दिनेछ। त्यस्तो आदेश आएमा मु’द्दाको अन्तिम किनारा नलागेसम्म सन्दीप जे’लमा हुनेछन्।
अदालतमा बुझाएको अभियोजन पत्रमा मुख्य प्रमाणका रुपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ। प्रहरीले अदालतमा मु’द्दासँगै ६ वटा प्रमाण बुझाइएको छ।
प्रहरीले बुझाएको प्रमाणका रुपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौंको गौशलास्थित होटल काठमाडौं इनका हुन्। १२ वटा फुटेज सहितको पेनड्राइभ प्रहरीले बुझाएको हो।
यस्तै होटलको गेष्ट रजिस्ट्रार कार्ड पनि अदालतमा पेश गरिएको छ। अर्को प्रमाणका रुपमा सन्दीपले किशोरीलाई स्न्याप च्याटमा पठाएको म्यासेज छ। उनले किशोरीलाई मायाको चिन्हसहित पठाएको म्यासेजमा लेखिएको छ, ‘मायाको पहिलो सौगात।’
नगरकोर्टको बोजिनी रिसोर्टमा सन्दीपले तिरेको बिल भर्पाई पनि प्रमाण भन्दै प्रहरीले अदालत पु¥याएको छ। यस्तै ल्या’बमा परीक्षण गरेर फिर्ता गरिएका उपकरणहरु भौतिक प्रमाणका रुपमा अदालतमा बुझाइएको छ।
अर्को प्रमाण सन्दीप लामिछानेकै स्वास्थ्य परीक्षणको रिपोर्ट छ। अदालतमा मु’द्दासँगै ८४ वटा कागजात पठाइएको छ।