काठमाडौं, भाद्र १८। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्ने भएको छ । आज बिहान ११ बजे नेकपा सचिवालय बैठक बस्ने भएकाे हाे ।
आज बस्ने सचिवालय बैठकमा पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन उपर सचिवालयको बैठकमा छलफल हुनेछ ।
त्यस्तै राष्ट्रिय सभामा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिने वा नदिने बारेमा छलफल हुने बताइएकाे छ ।