भदौ ३ गतेदेखि जारी निषेधाज्ञा सकियो,भोलीबाट सवारीमा जोर बिजोर लागु (आदेशपत्रसहित)

  • साझा डबली
  • पोखरा,भदौ १२ । भदौ ३ गतेदेखि जारी कास्की जिल्लाभर जारी निषेधाज्ञा आज शुक्रबारबाट सकिएको छ । कोरोना संक्रमण जोखिम अझै कायम रहेको हुनाले कास्की प्रशासनले भने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । २० गतेसम्मका लागि भनेर प्रशासनले शुक्रबार सूचना जारी गरेको छ । जसमा जोरबिजोर प्रणाली लागू गर्ने उल्लेख छ ।

    पहिलोपटक ७ गतेसम्मलाई लागु भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो । निषेधाज्ञा सकिने दिन प्रशासनले अर्को आदेश जारी गरेको हो ।

    यात्रुबाहक सार्वजनिक सवारी साधनहरु बस, माइक्रोबस सञ्चालन नगर्न प्रशासनले आदेश गरेको छ । ट्याक्सी र निजी गाडी भने जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मात्रै चलाउन भनेको छ । ती साधनहरु बिहान ६ः ०० बजे देखि साँझ ८ः ०० बजेसम्म सञ्चालन गर्न सकिने, प्रशासनको आदेशमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology