कोरोनाको त्राससँगै रगत अभाव

  • साझा डबली
  • काठमाडौं, चैत्र १५। देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ । विशेषगरी संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो।

    संस्थागत रक्तदान नभएपछि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो।

    उहाँले आकस्मिक सेवाका लागि थोरै रगत मौज्दात राखेको बताउँदै संस्थागतरुपमा रक्तदान नभएकाले सर्वसुलभ रुपमा रगत उपलब्ध गराउन नसकिएको हो भन्नुभयो।

    उहाँका अनुसार जति रगत आवश्यक छ त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिन सकिने अवस्था छ । ‘‘धेरै पिन्ट रगत आवश्यक परे दिन सक्ने अवस्था हामीसँग छैन । संस्थागत रक्तदान गर्न हामी अपिल गर्दछौँ ।’’ उहाँले भन्नुभयो।

    कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै उहाँले बेलैमा रक्तदान गर्न सबैसँग आग्रह गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology