काठमाडौं, चैत्र १३। क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीमाथि स्थानीयले कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायाण पाण्डेयका अनुसार स्थानीय नरेन्द्र जागरी सहितका व्यक्तिले बैतडीको पुर्चौडी नगरपालिकाको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी करनसिंह धामीमाथि कुटपिट गरेका हुन् ।
नगरपालिकाले वडा नम्बर ५ मा रहेको भूमिराज माविमा बनाएको क्वारेन्टाइनमा भारतबाट फर्केका ७ जनालाई राखिएको थियो। भारतबाट आएका छोरालाई किन राखेको भन्दै नरेन्द्रले क्वारेन्टाइनमै पसेर स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन्। भारतबाट फर्किएका नरेन्द्रका छोरा सुनील जागरी सोही क्वारेन्टाइनमा छन्।
जागरीले बुधबार राति कोठाभित्र जबरजस्ती प्रवेश गरेर गाली गलौज गरी कुवाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब धामीलाई कुटपिट गरेका प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए। स्वास्थ्यकर्मी धामीलाई कुट्ने जागरीलाई प्रहरीले नियन्त्रण लिएको छ। कुटाइ खाएका स्वास्थ्यकर्मीलाई सामन्य चोट लागेको थियो। नगरपालिकाले स्वास्थ्यकर्मी कुट्नेमाथि कडा कारबाही हुनुपर्ने जनाएको छ।
देश लकडाउनमा रहेको अवस्थामा सहयोग गर्नुको साटो ड्युटीमा रहेका स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्मको कारबाही र स्वास्थ्यकर्मीको उपचार खर्च पीडकले व्यहोर्नु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।







सल्यानमा पौने दुई अर्बको आलु उत्पादन
निर्वाचन सम्पन्न गर्न हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन