क्वारेन्टाइन बनाउन जुट्दै नेपाली सेना (फोटो कथा)

  • साझा डबली
  • पाँचथर, चैत्र १२। स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दे पाँचथरको फिदिम नगरपालिकालाई केन्द्रित गरेर एक सय वटा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ ।

    विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाई, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरुको बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

    फिदिमको अगुवा स्रोतकेन्द्र भवन, फिदिम माध्यमिक विद्यालयको एउटा ब्लक र खेलकुद विकास समितिको हलमा क्वारेन्टाइन बनाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए ।

    लकडाउनको दोश्रो दिन पाँचथरमा नेपाली सेना क्वारेन्टाइन निर्माणमा जुट्दै ।

    तस्बिर- डेभिड ओझा

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology