काठमाडौं,चैत १० । आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला । यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ ।
अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिने टेलिकमले जनाएको छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2# डायल गर्नु पर्दछ । यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ ।
अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । राती कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी भएको टेलिकमको भनाइ छ । यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नु पर्दछ । त्यसैगरी L NVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न पनि सकिने टेलिकमले जनाएको छ ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने