काठमाडौं, चैत्र ९ । कोरोना भाईरसको आशंकामा सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएकी महिला सांसद भागेकी छन् । शुक्रबार उच्च ज्वरो र रुघाखोकी लागेपछि सेती अस्पताल भर्ना भएकी नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापाले अस्पताल छोडेकी हुन् ।
अस्पताल स्रोतका अनुसार थापाको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईएकोमा आईतबार दिउँसो चिकित्सकसंग सल्लाह नै नगरी आईसोलेसन वार्डबाट भागेकी हुन्।
कोरोना आशंकामा सांसद अस्पताल भर्ना भएको समाचार सार्वजनिक भएपछि राजनीतिक दबाबमा अस्पतालबाट उनी भागेको दावी स्रोतको छ । तर अस्पतालले भने उनको नाम सार्वजनिक भने गरेको थिएन् । यता सांसद थापाले भने आफु घरमा सुरक्षित रहेको बताएकी छन् । स्रोतका अनुसार थापाको प्रहरीले अहिले खोजी गरिहेको छ।







नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड