आँबुखैरेनी दुर्घटना अपडेट: बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

  • साझा डबली
  • तनहूँ,चैत ९ । तनहूँको आबुखैरेनी स्थित ऐनापार्क नजिकै सांँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । करिब ६:३० बजे पोखराबाट चितवन तर्फ जादैँ गरेको बस मस्याङदी नदीमा खसेको हो । बसमा ३० भन्दा बढि यात्रु रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

    ना ५ ख ४९४५ नम्बर यात्रुबस दुर्घटनामा परेको हो । घटनाको थप बिबरण अझै प्राप्त हुन बाँकी रहेको छ । ना ५ ख ४२९४ नंबरको बस आइतबार साँझ ६:३० बजे सडकबाट लगभग २५० फिट तल खसेको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले बताएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology