चर्चित कवि भूपी शेरचनले धेरै अघि भनेका छन्–‘यो हल्लै हल्लाको देश हो ।’ उनले कुन बाध्यता, परिवेश र परिवन्दका बीच यो लेखेका हुन् । आजको समय सम्म पनि एकिन छैन । तर, एउटा निचोड र अनुमान सम्म सहजै पुग्न सकिन्छ कि उनी यो देशका नागरिकहरुले चाहे सहज परिस्थितिमा होस् या असहल परिस्थितिमा । हल्ला, अफवाह फैलाउने र त्यसकी पछि लागेर सत्य र यथार्थ छोपिने पीडाबोधका बीच अभिव्यक्त यो कविता र अशं हो । यो कविताको भाव र आशय आजको दिनमा पनि ‘डेट एक्सापयर’ छैन ।
आजको समाजका बिभिन्न पात्र र प्रवृत्तिका कारण हामी आज पनि–‘यो हल्लै हल्लाको देश हो’ भन्न बाध्य हुने परिवेश छ । कारण, आज कोरोनाले विश्वव्यापी आतंक मच्चाइरहेको छ । यस्तो संवेदनशिल घडीमा पनि कतिपय नेपालीजन अनेक फेक हल्ला, अफवाह र मानिसहरुमा भय सिर्जना गरेर आंतकित बनाउने गतिविधिमा सक्रिय छन् । जुन नेपाली समाजको बिडम्बना हो ।
पहिलो, शनिवार विहानै काठमाण्डौको नर्भिक अस्पतालमा कोरोनाका ६ जना बिरामी भेटिएको भिडियो र समाचार भाइरल भयो । महामारी फैलिइसकेको र अब केहि गर्न नसकिने भावको आवाज सहितको दृश्यले देशभर तरंग पैदा ग¥यो ।
दोस्रो, राति १२ बजे विशेष सैन्य हेलिकप्टरले कोरोना भाइरस विरुद्ध औषधि छर्किँदैछ, बाहिर नबस्नुस् । बजार र गाउँ–गाउँमा समेत यसको अफवाहले आम सर्वसाधारणलाई त्राही त्राही पारेको छ । यसले आम मानिसमा ठुलो भयावह र त्रास पैदा गर्नमा बल पु¥याएको छ ।
तेस्रो, राजधानीको टेकु अस्पतालमा प्लास्टिकले बेरेका ५ वटा शव प्रत्यक्ष देखेँ । १७ वटा पशुपतिमा जलाइयो । सरकारले कोरोना संक्रमित बिरामी भइरहे पनि त्यसलाई लुकाउने दुश्प्रयास भएको आशयको समाचार र सन्देशले मुलुकभरका नागरिकमा ठुलो संशय पैदा गरेको छ । यो अफवाहले दिनभर चोक चोक, चिया गफ र भेटहरुमा कुराकानीको बिषय बनिरह्यो । यस्ता अफवाहहरू म्यासेन्जर, भाइबर र हृवाट्सएपका ग्रुपबाट भाइरल बनिरह्यो ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन भनेर सरकारले पटक पटक प्रष्टिकरण दिइरहेको छ । कोरोना संक्रमण भए नभएको देशको जाँच गर्ने एउटा मात्र निकाय हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु । यो बाहेक अरु कुनै पनि ल्याब वा अस्पताललाई कोरोना संक्रमण भए नभएको जाँच गर्ने अनुमति नै छैन । झुटो प्रचार गरेको अभियोगमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ समेत गरेको छ ।

अरु अफवाह फैलाउने व्यक्ति र समूहका सन्दर्भमा पनि अनुसन्धान शुरु गरिएको छ । आजको दिन सम्म कोरोना संक्रमित छैनन् भन्नेमा सरकारले निश्चिन्त र प्रष्ट हुन अपिल गरेको छ । यस्तो अवस्था र संवेदनशिल घडीमा पनि केहि व्यक्तिहरु भने अफवाह फैलाउने कार्यमा लागिरहेका छन् । यस्तो कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भए पनि सामाजिक कारवाही हुनुपर्छ । यो संकटको घडीमा सबैले संवेदनशिल भएर सामना गरौ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते