त्रिभुवन विश्वविद्यालयको रेक्टरमा भुसाल नियुक्त

  • साझा डबली
  • काठमाडौं, चैत्र ७। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।

    विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले मानविकी तथा सामाजिक शास्त्र संकायका डिन रहेका भुसाललाई शिक्षाध्यक्ष नियुक्त गरेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले बिहीबारनै लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रारमा तिलक आचार्यलाई नियुक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology