सेयर कारोबार समावधी थप, ४ बजेसम्म बजार खुला रहने

  • साझा डबली
  • काठमाडौं, चैत २। नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि परिक्षणका लागि भन्दै सेयर कारोबार समयावधी थप गरेको छ । थप गरिएको कारोबार अनुसार अब दैनिक रुपमा ५ घण्टा हुने नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिए । साउदका अनुसार अब आइतबारदेखि बिहीबारस्म्म ११ बजेदेखि ४ बजेसम्म सेयर कारोबार खुला हुने छ । यस अघि ११ बजेदेखि ३ बजेसम्ममात्रै सेयर कारोबार हुने गरेको थियो । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार समयाधवी थप गर्ने विषयमा अध्ययन गर्न केहि दिन अघि नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार शुक्रबार बसेको नेप्से सञ्चालक समिति बैठकले कारोबार समयावधी थप गरेको हो ।

    तर यो परीक्षणकालका लागि शुरु गरिुएको नेप्सेले बताएको छ । कारोबार नियमति जसरी नै भए यसलाई निरन्तरता दिने निर्णय भएको सीईओ साउदले बताए । नेप्सेले १०ः३० देखि ११ बजेसम्म प्रारम्भिक कारोबार समय हुने, ११ देखि ४ बजेसम्म कारोबार समय हुने र ४ देखि ४ः०५ सम्म अन्तिम कारोबारका लागि भनेर समय तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology