काठमाडौँ, चैत्र १। चीनले कोरोना भाइरसको महामारी युद्ध जितेको छ। पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसबाट कुनै पनि व्यक्तिको ज्यान गएको छैन्। कोरोना भाइरसको संक्रमणको उद्गम थलो मानिएको चीन यस महामारी नियन्त्रणको नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ सय ४० जनाको ज्यान गएको छ। जसमध्ये सबैभन्दा धेरै इटलीमा २५० जनाले ज्यान गुमाएका छन्।
चीनको वुहान शहरबाट महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण शनिबार बिहानसम्म विश्वका १ सय ४५ देशमा देखिएको छ। यो समाचार तयार पार्दासम्म विश्वभरका १ लाख ४५ हजार, ६ सय १५ जनामा संक्रमितको पुष्टी भएको छ।
पछिल्लो २४ घण्टामा मात्रै ११ हजार ३८ जना नयाँ संक्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बुधबारसम्म १ सय ३८ देशमा देखिएको कोरोना आजसम्म बढेर १ सय ४५ देशमा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजार ४ सय २१ जनाको ज्यान गएको छ। जसमध्ये सबैभन्दा धेरै चीनका रहेका छन् । चीनमा कोरोनाका कारण ३ हजार १ सय ७७ जनाको ज्यान गएको छ । तर शुक्रबार भने चीनमा कसैको पनि ज्यान गएको छैन।
हालसम्म कोरोनाको संक्रमण देखिएका ७१ हजार १ सय ६० जना उपचारपछि घर फर्किएका छन् भने ६ हजार एक सय १६ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
शनिबारसम्म इटालीमा १,२६६ जना, इरानमा ५१४, चीनमा ३१७७, दक्षिण कोरियामा ७२, स्पेनमा १३३, फ्रान्समा ७९, अमेरिकामा ४८, जापानमा २१, यूके ११, बेल्जियम ३, स्वीजरल्याण्ड ११, नेदरल्याण्ड १० जनाको ज्यान गएको छ । यी देशमा कोरोनाका संक्रमण उच्च छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते