काठमाडौं, फाल्गुन २८। नेपाली कांग्रेसका नेता एंव पूर्व मन्त्री पुर्णकुमार शेर्मा लिम्बुको बुधबार दिउँसो काठमाडौंको निदान अस्पतालनमा उपचारको क्रममा निधन भएको हो।
नेपाली कांग्रेसका पुराना नेता पूर्व केन्द्रीय सदस्य शेर्मा दुवै मृगौलाले काम गर्न छोडेपछि लामो समयदेखि पुल्चोकको निधान अस्पतालमा उपचार गराई रहेका थिए ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका शेर्मा दुख पाएका र इमान्दार पुराना नेताका रुपमा चिनिन्छन् ।
उनी २०६४ सालको संविधानसभाको निर्वाचनपछि माधव नेपाल नेतृत्वको कांग्रेस एमालेको संयुक्त सरकारमा स्थानीय विकास मन्त्री बनेका थिए । शेर्माका दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा काठमाडौं बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन्।
नेता शेर्माको अन्त्येष्टि भोलि फाल्गुन ३० गते ११ बजे पशुपती आर्यघाटमा गरिने पारिवारिक श्रोतले साझाडबलीलाई जानकारी दिए ।
शेर्माको राजनैतिक यात्रा
२००० साल असोज १२ गते पाँचथरको मिल्लाजुङ गाउँपालिका-२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए। नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए।
२०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनले शेर्मालाई सभापतिमा चयन गरेको थियो। कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट शेर्मा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
जिल्लाको पुरानो नेताका रुपमा चिनिएका शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए।







पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ