काठमाडौं,फाल्गुन २८ । बिश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । त्यसमध्ये चीनमा मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने मंगलबार मात्र त्यहाँ १७ जनाको मृत्यु भएको छ । चीनमा ८० हजार ७ सय ६१ जनामा कोराना संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ६० हजार १ सय १३ जना निको भएका छन् ।
चीनभन्दा पछि सबैभन्दा बढी प्रभावित भएको मुलुक इटाली देखिएको छ । इटालीमा अहिलेसम्म ६ सय ३१ जनाको मृत्यु भएको छ । मंगलबार मात्रै त्यहाँ १ सय ६८ जनाको मृत्यु भएको छ । इटालीमा १० हजार १ सय ४९ जनामा उक्त भाइरसबाट संक्रमित बिरामीहरु रहेका छन् । त्यस्तै इरानमा २ सय ९१ जनाको मृत्यु भएको छ भने ८ हजार ४२ जनामा संक्रमणको पुष्टि भएको छ । मंगलबार एकैदिनमा त्यहाँ ५४ जनाको मृत्यु भएको छ ।
त्यस्तै दक्षिण कोरिया र स्पेनमा क्रमसः ५८ र ३५ जनाको मृत्यु भएको छ । यी दुई देशमा क्रमसः ७ हजार ५ सय १३ र १ हजार ६ सय ७४ जनामा संक्रमण भएको छ । मंगलबार ती देशमा ५–५ जनाको मृत्यु भएको छ भने अमेरिकामा–२, जापानमा–१, स्वीटजरल्यान्डमा–१, बेलायतमा–१, लेबनानमा –१ र मोरक्कोमा पनि १ जनाको मृत्यु भएको छ । यसरी मंगलबार एकैदिन विश्वभर २ सय ५६ जनाले सो भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
विश्वभर महामारी सुरु भएयता १ सय १० भन्दा बढी मुलुकमा फैलिसकेको उक्त संक्रमणका कारण १ लाख १८ हजार २ जना प्रभावित भएका छन् । त्यस्तै आज एकैदिन ३ हजार ६ सय ४० जना नयाँ संक्रमित बिरामीहरु थपिएका छन् । चीनको उहानबाट सुरु भएको उक्त महामारीबाट मर्नेको संख्या चीनमै भने ह्वात्तै घटेको छ । एजेन्सी







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते